बहाल कर सङ्कलनको समस्या हटाउन सङ्घीय सरकारलाई काठमाण्डौ महानगरको आग्रह
काठमाडाैं | असार ५, २०८०
काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो ।
बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो ।
पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

